बैंग्लोरले चेन्नाईलाई ३७ रनले पराजित गर्यो

20

दुबईको अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको इन्डियन प्रीमियर लीग क्रिकेट प्रतियोगिता अन्तर्गत हिजो राति भएको खेलमा रोयल च्यालेन्जर्स ब्याङ्गलोरले चेन्नाई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ ।

बेङ्ग्लोरले दिएको १ सय ७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए । बेङ्ग्लोरका लागि क्रिस मोरिसले ३ विकेट लिए ।वासिङ्गटन सुन्दरको नाममा २ विकेट रह्यो ।

शिवम डुबेले अविजित २२ रन जोडे । यस्तै देवदूत पडीक्कलले ३३ रन जोड्दा वासिङ्गटन सुन्दरले १० रन बनाए । आरोन फिन्च २ रनमा आउट हुँदा एबी डी भिलियर्स शून्य रनमा आउट भए ।

चेन्नईका सार्दुल ठाकुरले २ तथा साम करण र दिपक चाहरले १/१ विकेट लिए । जितसँगै बेङ्ग्लोर तालिकाको चौथाे स्थानमा उक्लिएको छ । बेङ्ग्लोरले ६ खेलमा ८ अंक जोडेको छ । छैठाै‌ँ स्थानको चेन्नईको यो पाँचौं हार हो । ७ खेलमा चेन्नईले ४ अंक जोडेको छ ।

जसको लागि बिराट कोहलीले ५२ वलमा सर्बाधिक ९० रन जोड्दै प्रतियोगितामा म्यान अफ दि मयाच हुन सफल भएका थिए । त्यसै वेस्टनले ४० रन,

जवावी ब्याटिंगमा उत्रेको चेन्नाई सुपर किंग्स ८ विकेटको क्षेतीमा १४३ रनमा समेटीएको थियो । जसमा  महिन्द्र सिंह धौनीले ६ बलमा १० रन जोडेका थिए। त्यस्तै रयधुले टीमको लागि ४० बलमा सर्बाधिक ४२ रन जोड्न सफल भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here