काठमाडौं किंग्सले इपीएलकालागि दाेस्राे चरणमा १२ युवा खेलाडी छान्याे

155

सन्न एभरेष्ट प्रिमियर लिगका लागि काठमाडौं किंग्सले ट्यालेन्ट हन्टको दोस्रो चरणबाट बलर, ब्याट्सम्यान र अलराउन्डर गरी १२ खेलाडी छनोट गरेको छ ।

इपीएलको तयारीमा रहेको काठमाडौले अलराउन्डरमा अभिनाश अधिकारीलाई छनोट गरेको छ भने ब्याट्सम्यानमा सन्दिप रजाइली, दिपेश दाशलाई छानेको छ । यस्तै तेज गतिको बलरमा अजाज अहमद, धिरज शाही, रुपेश सिंह, आकाश चन्द, चन्द्रकान्द पौडेललाई राखेको छ ।

यस्तै स्पिनरमा नितेश थापा, विशांक सुवेधी, दिपेन्द्र राउत, मोहम्मद अली हुसेन साफि रहेका छन । साफि अन्डर १५ टिमका खेलाडी हुन । इपीएलमा काठमाडौले पहिलो खेल चितवन टाइगर्ससँग खेल्नेछ ।

Please Leave your a Comments
Loading...