टोटनह्याम, कार्डिफ सिटी र न्युकासल युनाईटेड विजयी

121

[:en]

काठमाडौं, कात्तिक २५ । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति टोटनह्याम हट्सपर, कार्डिफ सिटी र न्युकासल युनाईटेड विजयी भएका छन् ।

अंक तालिकामा चौथो स्थानमा रहेको टोटनह्यामले क्रिष्टल प्यालेसलाई १–० ले हरायो । यसैगरी न्यूकासल युनाईटेडले बर्नमाउथलाई २–१ ले पराजित गर्दा कार्डिफ सिटीले ब्राईटनलाई पनि २–१ कै गोलअन्तरमा हरायो ।

हडर्सफिल्ड टाउनले वेष्ट ह्याम युनाईटेडसँग १–१ गोलको बराबरी खेल्दा लेष्टर सिटी र बर्नलेले गोलरहित बराबरी तथा वाट्फोर्ड र साउथह्याम्पटनले १–१ गोलको बराबरीमा चित्त बुझाउनुपर्‍यो ।

प्रिमियर लिग फुटबलमा आज चार खेल हुनेछन् । नेपाली समयअनुसार साँझ पौने ६ बजे लिभरपुल र फुल्हाम भिड्दा राति ८ बजे चेल्सीले एभर्टनसँग खेल्नेछ । यसैगरी राति सवा १० बजे म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटी तथा आर्सनल र वुल्भरह्याम्पटन वान्डरर्स आमने सामने हुँदैछन् ।

प्रशिक्षक जोजे मौरिन्होको युनाईटेड र पेप ग्वार्डियोलाको सिटीबीचको म्यान्चेस्टर डर्बीलाई निकै महत्वका साथ हेरिएको छ ।

[:np]

[:]

Please Leave your a Comments
Loading...