दक्षिण कोरियाका स्टार जुडो खेलाडी आजीवन प्रतिबन्धमा

49

रजत पदक जितेका दक्षिण कोरियाका स्टार जुडो खेलाडी आजीवन प्रतिबन्धमा परेका छन् ।

दक्षिण कोरियाको राष्ट्रिय खेल संस्थाले एक किशोरी खेलाडीमाथि यौनहिंसा गरेको आरोपमा अहिले प्रशिक्षकको भूमिकामा रहेका वाङ की चुनलाई आजीवन प्रतिबन्ध लगाएको हो ।
उनले बेइजिङ ओलम्पिकको प्रारम्भिक चरणमा करङ भाँच्चिए पनि प्रतिस्पर्धा गर्दै ७३ केजी तौल समूहमा फाइनलसम्म पुगेका थिए । उनी फाइनलमा पराजित भएपछि रजत पदक पाएका थिए ।
किशोरीलाई यौन हिंसा गरेकाे आराेपमा पक्राउ परेका उनकाे आरोप प्रपाणित भए जेल पनि बस्नु पर्नेछ । कोरियाको जुडो संघले ३१ वर्षीय वाङको खेल जीवन समाप्त भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here