लेक ट्वेण्टी थाउजेन फार्म एण्ड रिट्रिकमा ब्याडमिन्टन प्रतियोगिता सुरु

111

भरतपुर पुस १४ – रतपुर–१३ चम्पानगरमा रहेको लेक ट्वेण्टी थाउजेन फार्म एण्ड रिट्रिकमा खुल्ला डवल ब्याडमिन्टन एबम भेट्रान्स ब्याडमिण्टन प्रतियोगिता सुरु भएको छ । अंग्रेजी नया बर्षको अवसरमा खेलकुद पर्यटनको प्रवद्दन गर्न खेल भएको हो । आज(शनिवार ) बाट सुरु भएको प्रतियोगिता डिसेम्बर ३१ तारिक अर्थात् पुस १७ सम्म चल्ने छ ।

फोटो: शिब शर्मा (भरतपुर, चीतवन)

प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रीय ब्याडमिन्टन संघका केन्द्रिय उपाध्यक्ष नारायण क्षेत्रीले खेलकुदलाइ पर्यटन संग जोड्न सके आर्थिक रुपमा समेत सवल बन्न सकिने बताए । स्थानीय स्तरका खेलाडिको पहिचान गरि उनीहरुको प्रतिभालाइ निखार्न समेत यस्ता कार्यक्रमको आवस्यकता पर्ने उनको बुझाई छ ।

होटेलका संचालक देवेन लोहोनीले खेलकुदको माध्यमबाट पर्यटनलाइ जोड्ने उद्देस्यले प्रतियोगिता भएको बताए । आइ लभ चितवनको ब्यानरमा प्रतियोगिता संचालन गरिएको छ । बिस्वमा धेरै देशले स्पोर्ट टुरिजमको माध्यम बाट फड्को मारेको उनको भनाइ छ । नेपाल सरकारले सन् २०२० लाई भिजिट नेपाल वर्ष घोषणा गरेका कारण पनि यसको प्रवद्र्धन गर्ने उद्देइले निजी क्षेत्रबाट खेलकुदको प्रतियोगिता राखिएको लोहनीले बताए ।

फोटो: शिब शर्मा (भरतपुर, चीतवन)

खेल पर्यटनको सम्भावना नेपालमा राम्रो भएकाले समेत उज्ज्वलनगरमा प्रतियोगिता राखिएको कार्यक्रम संयोजक सूर्यबहादुर न्यौपानेले बताए । खेलाडीहरुलाई चितवनमा आकर्षण गर्न सकिने भन्दै यहाँ रहेका स्थानलाई खेलकुद पर्यटनको माध्यमबाट विकास गर्न सकिने न्यौपानेले बताए ।

खेलमा सहभागी हुन रुपन्देही, नवलपरासी लगाएतका जिल्लाबाट समेत खेलाडी आएका छन् । १३ भेट्रान्स सहित ४३ टोली सहभागी भएका छन् ।

आज पहिलो चरणका खेल हरु भैरहेका छन् । प्रतियोगितामा डबल ब्याडमिन्टन च्याम्पियन तर्फ पहिलो हुनेले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले १० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने दुई टिमले पाँच हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै, भेट्रान ब्याडमिन्टनतर्फ पहिलो हुनेले १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले सात हजार पाँच सय रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने दुई टिमले पाँच हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

Please Leave your a Comments
Loading...