धनगढी प्रिमियर लिग माघ १९ गतेबाट हुने

86

काठमाडाैं – धनगढी प्रिमियर लिग क्रिकेटको नयाँ मिति सार्वजनिक भएको छ । माघ १९ गतेबाट हुने भनिएको डिपीएल अब माघ २६ गतेबाट हुने भएको छ ।

यसअघि डिपीएलका आयोजकले प्रतियोगिताको मिति माघ १९ गतेबाट सुरु गरेर फागुन ४ गतेसम्म गर्ने भनिए पनि युएईसँगको अन्तराष्ट्रिय सिरीजका कारण एक साताका लागि सरेको हो ।

यसका साथै खेलाडी दर्ताको मिति पनि एक साता लम्ब्याइएको छ । अब खेलाडीले पुस १७ गतेसम्म नाम दर्ता गर्न पाउनेछन् । यसअघि आयोजकले खेलाडी दर्ताको मिति पुष १० गतेसम्म राख्ने र खेलाडीको अक्सन १२ गते गर्ने मिति तोकेका थिए ।

तर खेलाडीको अक्सन पनि पुस १९ गतेका लागि सारिएको छ ।

Loading...

Leave a Reply