सन्दीपकाे टिम मेलबर्न स्टार्सले सिड्नी सिक्सर्स विरुद्द पहिलाे जित निकाल्याे

153

पुस १३, २०७५ शुक्रवार – बिग ब्याश लिगमा सन्दीप लामिछानेकाे टिम मेलबर्न स्टार्सले पहिलाे जित निकालेकाे छ । हिजो भएकाे खेलमा सिड्नी सिक्सर्सले दिएकाे १३१ रनकाे लक्ष्य १४ ओभर ५ बलमा पूरा गर्दै मेलबर्नले २ अंक जाेडेकाे हाे ।

जितका लागि मेलबर्नका पिटर ह्याण्डसकम्बले ३५ बलमा सर्वाधिक ७० रन बनाए भने बलिङतर्फ कोलम्यानले ३ तथा ड्वेन ब्राभाेले दुई-दुई विकेट लिएका थिए ।

यसअघिका दुई खेलमा मेलबर्नले हार ब्यहाेरेकाे थियाे । खेलमा सन्दीप लामिछानेकाे टिम दुई विकेट लिएका थिए । उलने आफ्नाे चार ओभरकाे स्पेलमा १८ रन खर्च गरेर दुई विकेट लिएका हुन् ।

मेलबर्नले पहिले बलिङ गर्ने निर्णय गरेको खेलमा सन्दिपले पहिलो ओभरमा मात्र ६ रन दिएका थिए । तर व्यक्तिगत दोस्रो ओभरको दोस्रो बलमा नै उनले विकेट लिए ।

उनले हेनरिक्सलाई ९ रनमा आउट गरे भने दोस्रो ओभरमा मात्र २ रन दिए । व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले अर्को विकेट लिन सफल भए । उनले टम कर्रनलाई मात्र २ रनमा एलबीडब्लु आउट गरे भने आफ्नो अन्तिम ओभरमा नौ रन दिए ।

Loading...

Leave a Reply