ओलम्पिक महिला फुटबल छनोटमा नेपाल दोस्रो चरणमा

128

काठमाडौं, कात्तिक २७ । नेपाली महिला फुटबल टिम टोकियो ओलम्पिकको एएफसीको प्रारम्भिक छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ ।

पहिलो चरणको अन्तिम खेलमा मंगलबार बंगलादेशसित १–१ गोलको बराबरी खेल्दै नेपाल दोस्रो चरणमा पुगेको हो ।

म्यानमारको थुनुवा रंगशालामा भएको खेलको १७औं मिनेटमै कप्तान निरु थापाले गोल गरे पनि इन्जुरी समयको तेस्रो मिनेटमा बंगलादेशकी अखी खातुनले बराबरी गोल फर्काएकी थिइन् ।

नेपालले लगातार तेस्रो खेलमा अग्रता लिएरपनि बराबरीमै रोकिनुपर्‍यो । यसअघि, नेपालले पहिलो खेलमा भारतसित र दोस्रो खेलमा म्यानमारसित १–१ को बराबरी खेलेको थियो ।

नेपाल अंकतालिकाको तेस्रो स्थानमा रह्यो । नेपाल तेस्रो स्थानको उत्कृष्ट दुई टिममा पर्दै पहिलो सहभागितामै ओलम्पिकको दोस्रो चरणमा छानिएको हो ।

यो समूहबाट भारत र म्यानमार पनि शीर्ष दुई टिममा पर्दै छनोट भएका छन् ।

Please Leave your a Comments
Loading...