शहीद स्मारक ए डिभिजन लिग: ब्रिगेड र सरस्वती, मनाङ र एपीएफ आज खेल्दै

131

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार २ वटा खेल हुँदै छ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुने छ । पहिलो खेलमा बिहान ११ बजे ब्रिगेड ब्वाईज र सरस्वती युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

जारी सिजनको तेस्रो चरणम्म ब्रिगेडले एक खेलमा जित हात पार्दा लगातार दुई खेल गुमाएका छ । एक खेलमा जित निकाल्दै ३ अंक जोडेको ब्रिगेड तालिकाको दशौं स्थानमा रहेको छ । यसैगरी समान नतिजा भएको सरस्वती युवा क्लब भने नवौं स्थानमा रहेको छ ।

मंगलबार नै दिउँसो साढे २ बजे एन्फा मैदानमा मनाङ मर्स्याङ्दी र विभागीय क्लब एपीएफ आमने सामने हुनेछन् । मनाङ अहिलेसम्म अपराजित रहेको छ । आजको खेलमा मनाङ विजयी भए तेस्रो स्थानबाट शीर्ष स्थानमा उक्लने छ । जारी सिजनमा एक खेलमा बराबरी र एक खेलमा विजयी भएको एपीएफ ४ अंकसहित आठौं स्थानमा रहेको छ ।

Please Leave your a Comments
Loading...