म्यानचेस्टर युनाइटेडले हडर्सफिल्ड टाउनलाई ३–१ ले हराएयो

74

इंग्लिस प्रिमयिर लिगमा म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो जित निकालेको छ । वल्ड ट्राफोर्डमा भएको खेलमा हडर्सफिल्ड टाउनलाई ३–१ ले हराएपछि युनाइटेडले दुई खेलमा आठ गोल गरेको छ ।

पाउल पोग्बाले पनि दुई गोल गरे । २८औं मिनेटमा नेमान्जा माटिचले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । जुन गोलको अग्रता युनाइटेडले पहिलो हाफमा कायम राखेको थियो ।

६४औं मिनेटमा एन्डर हरेराको पासमा पोग्बाले गोल गर्दै युनाइटेडको अग्रता २–० मा लम्ब्याए । ७८औं मिनेटमा पोग्बाले ब्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले ३–० को अग्रता लियो ।

खेल सकिन दुई मिनेट बाँकी रहँदा हडर्सफिल्डले एक गोल फर्कायो । माथियास जोर्गेनसेनले गरेको गोल हडर्सफिल्डका लागि सान्त्वना गोलमात्र बन्यो । जितसँगै म्यानचेस्टर युनाइटेडले ३२ अंक बनाएको छ । हडर्सफिल्ड टाउन भने तलिकाको पुछारमा छ ।

Loading...

Leave a Reply