‘ए’ डिभिजन लिग फुटबल : संकटालाई पराजित गर्दै मनाङ आठौँ पटक च्याम्पियन

55

काठमाडौं । पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । बिहीवार एन्फा कम्प्लेस सातदोबाटोमा भएको खेलमा सीएमजी संकटा क्लबलाई ३–१ गोलले पराजित गर्दै मनाङले उपाधि जितेको हो ।

यो जितसँगै मनाङले कीर्तिमानी आठौं पटक ‘ए’ डिभिजन लिग फुटबलका च्याम्पियन बनेको छ । मनाङले दुई खेल बाँकी रहँदै उपाधि जितेको हो । मनाङलाई जित दिलाउन विशाल राई, पुजन उपरकोटी र एडीलाजा सोमिडेले १–१ गोल गरेका थिए । सीएमजीस संकटाका सेड्रिक अबाले एक गोल फर्काए । खेलमा मनाङका हेमन गुरुङ म्यान अफ दि म्याच चुनिए । जितसँगै मनाङले ११ खेलबाट ३३ अंक जोडेको छ ।

अपराजित मनाङले अब दुई खेल खेल्न बाँकी छ । दोस्रो स्थानको संकटाको २५ अंक छ । मनाङले पहिलोपटक २०४३ सालमा ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो भने त्यसपछिका खेलमा मनाङ ६ पटक ‘ए’ डिभिजन लिग जितेको छ ।

Loading...

Leave a Reply