इन्टर मिलानले “सिरी ए” का दुई खेल दर्शकबिनाकाे रंगशालामा खेल्नुपर्ने

191

पुस १३, २०७५ शुक्रबार – समर्थकहरुले नापोलीका खेलाडीलाई दुर्व्यहार गरेपछि इन्टर मिलानले इटालियन सिरी ‘ए’ का दुई खेल बिनादर्शक बन्द रंगशालामा खेल्नुपर्ने छ ।

बुधबार राति भएको खेलमा इन्टरका समर्थकले नापोलीका कालिदो काउलिबालीलाई रंगभेद दुर्व्यवहार गरेका थिए । जसका कारण सिरी ‘ए’ लिग आयाेजकले छानबिन गर्दै इन्टरलाई कारबाही स्वरूप दर्शकबिना खेल्नुपर्ने निर्णय गरेको हो ।

इन्टर मिलानले भने कारबाहीबारे अपील गर्ने बताएको छ । यस्तै सिरी ‘ए’ ले नापोलीका काउलिबालीलाई दुई खेलको प्रतिबन्ध लगाएको छ । इन्टरविरुद्धको खेलमा काउलिबालीले रातो कार्ड पाएका थिए ।

Please Leave your a Comments
Loading...